श्रीमतीले ढुंगा प्रहार गरी श्रीमानको हत्या

महेन्द्रनगर। श्रीमतीले ढुंगा प्रहार गरी श्रीमानको हत्या गरेको छ । ४० वर्षीय श्रीमान मन बहादुर नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले उनकी श्रीमतीलाई पक्राउ गरेको छ।

कास्की पोखरा महानगरपालिका–३० शिशुवा घर भई तनहुँ शुक्लागण्डकी नगरपालिका–४ प्रगति टोल बस्ने ३६ वर्षीया शुसिला बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो।

मादक पदार्थ सेवन गरी घरायसी वादविवादको कारण शुसिलाले श्रीमानको टाउकोमा ढुंगा प्रहार गर्दा गम्भीर घाइते भएका थिए।

ईलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले घाइतेलाई उपचारको लागि जिपी कोईराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्रमा पठाएको थियो।

उपचारको क्रममा उनको मृत्यु भएको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार