बेलडाँडी गाउँपालिकाले १५ शैय्याकाे अस्पताल निर्माणका लागि ७२ विगाहा क्षेत्रकाे जग्गा खालि गर्न डाेजर लगायाे

महेन्द्रनगर। बेलडाँडी गाउँपालिकाले १५ शैय्याकाे अस्पताल निर्माणका लागि ७२ विगाहा क्षेत्रकाे जग्गा खालि गर्न डाेजर लगाएकाे छ ।

शनिबार बेलडाँडी गाउँपालिका-२ मा पर्ने ग्रिन वेल्ड अन्तरगतकाे पुर्वमा चवन्नि बेलडाँडी सडक, पश्चिममा लटिनाथ मालिकार्जन मन्दिर, उत्तरमा बसपार्क र दक्षिणमा राैलेश्वर आदर्श जनता बहुमुखि क्पाम्प क्षेत्र भित्रकाे १ विगाहा १७ कट्ठा बराबरकाे जग्गा खालि गर्न डाेजर चलाएकाे हाे ।

गाउपालिकाले यहि ०७९ श्रवणमा ३५ दिने सुचना जारी गर्दै घर टहरा हटाउन सुचना जारी गरेकाे थियाे । भने त्यस पश्चात् पनि घर टहरा नहटाएपछि मंसिरमा थप ७ दिने सुचना जारी गर्दै घर टहरा हटाउन सुचना गर्दा पनि नहटाए पछि डाेजर लगाएर अतिक्रमित क्षेत्र खालि गरिन लागेकाे बेलडाँडी गाउपालिकाका प्रबक्ता गज बहादुर विष्टले बताउनु भयाे ।

उनले भने “साे क्षेत्रमा १०/११ परिवारले घर टहसा निर्माण गरेका छन् ।”  १५ शैय्या अस्पताल निर्माणका लागि ठेक्का सम्झौता समेत भई सकेकाे अवस्था भएकाले भवन निर्माण कार्य समेत शुरू हुन लागेकाे अवस्थामा अस्पताललाई चाहिने जग्गा जसरी पनि खालि गरिने गाउँपालिकाका प्रवक्ता विष्टले बताउनु भयाे ।

अहिले डाेजर लगाएर घर टहरा भत्काउने बेलामा गाउपालिका उपाध्यक्ष शान्ति नाथले र अतिक्रमित स्थानियले विराेध  जनाउनु भएकाे छ। उपाध्यक्ष नाथ अाफै गाउँपालिकाले गरिरहेकाे कार्यमा विराेध जनाउदै नारा लगाएकि छिन ।

उपाध्यक्ष नाथले भने “यसरी घर टहरा भत्काउनुमा आफ्नाे विराेध रहेकाे बताउनु भयाे। उहाँका अनुसार अस्पताल बनाउनमा आफ्नाे पुर्ण सहयाेग रहेकाे तर पुर्व व्यवस्थापन नगरि घर भत्काईनु राम्रो नभएकाे र ग्रिन बेल्ड हटाउनेनै हाे भने पुरै ७२ विगाहा खालि गरिनु पर्ने भन्दै कसैलाई काँखा कसैलाई पाखा गरेकाे भन्दै आफ्नै सरकारकाे विराेध गर्दै खालि गरिरहेकाे स्थानमा प्रर्दशनमा उत्रिएकि छिन ।

सबै जनप्रतिनिधि एक पक्षमा छन् भने उपाध्यक्ष नाथ भने विराेधमा छिन ।

अहिले साे क्षैत्रमा स्थानिय तनाव सिर्जना भएकाे छ । सुरक्षाका लागि सशस्त्र प्रहरी र नेपाल प्रहरी तैनाथ रहेका छन् ।

ताजा समाचार