बनबसामा साढे दुई किलो चरेशसहित एक जना नेपाली पक्राउ

महेन्द्रनगर। नेपाल–भारत सीमा बनबसामा एक जना नेपालीलाई भारतीय प्रहरीले चरेशसहित पक्राउ गरेको छ।

भारतीय सीमा सुरक्षा बल (एसएसबी) र प्रहरीको संयुक्त अभियान अन्तर्गत शारदा ब्यारेज नजिकबाट साढे दुई किलो चरेशसहित कैलालीको घोडाघोडी नगरपालिका १ का ४१ वर्षीय गंगाधर गौतम पक्राउ परेका हुन्।


भारतीय प्रहरीले उत्तराखण्डमा लागूऔषधविरुद्ध अभियान सञ्चालन गरेको छ।

सोही अभियान अन्तर्गत गौतमलाई चरेशसहित पक्राउ गरी चम्पावतस्थित जेल चलान गरेको प्रहरीले जनाएको छ।

ताजा समाचार