कृष्णपुरका किसानले खेतीमा अनुदान नपाएको भन्दै गुनासो

महेन्द्रनगर । भीमदत्त नगरपालिका १८ कृष्णपुरका किसान  खेतीमा अनुदान नपाएको भन्दै गुनासो गरीरहेका छन। विगतदेखी २ विगाह जमिनमा खेती किसानी गर्दै आईरहेका तर अहिले सम्म कुनै पनि किसीमको सरकारी अनुदान पाएका छैनन् । आफनै खर्चमा अहिले सम्म बिउ खरिद, तथा अन्य उपकरणहरु आफनै लगानी खरिद गरेर खेती किसानी गरीरहेका छन् ।

अहिले सम्म कुनै पनि निकाय सरकारले सहयोग गरेका छैनन् आफनो चिनजानको पनि कोही भएन त्यही भएर अनुदान नपाएको छन् । यस्तै अर्का किसान लालझाडी गाँउपालिकामा अनुदान नपाएको गुनाशो गरे, आफुलाई कहिले अनुदानको सुचना निसिक्न्छ त्यो पनि थाहा नभएको बताए ।

अहिले वार्षिक १० लाखको तरकारी बेचिरहेको छन् । जिल्ला कृषी ज्ञान केन्द्र कञ्चनपुरका कृषि प्रसारका अधिकृत जनकराज जोशीले जिल्लामा अहिले सम्म १ हजार ४ सय ७२ जना कृषकहरुले बिहिवार अन्तिम म्याद रहेको दिनसम्म आवेदन दिएको बताएका छन् । अन्य सबै प्रक्रिया कृषि विकास निर्देशनालयले गर्ने भएकाले आफुहरुले कागजातहरु संकलन गर्ने र उक्त कार्यालयमा बुझाए पछि कृषकहरु छान्ने प्रक्रिया उहि कार्यालयले गर्ने बताए । कार्तिक ३० गतेदेखी मंसिर २९ गते सम्म सुचना प्रकासित गरेर किसानहरुलाई आवेदन दिन माग गरेको थियो । प्रदेशका सबै जिल्लाका किसानलाई विभिन्न २८ किसिमका कृषि उपकरण प्रदान गर्न सरकारको योजना रहेको छ ।

जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमा सम्बन्धित जिल्लाका किसानले कृषि यान्त्रीकरण अनुदानका लागि आवेदन पेश गर्न सक्ने प्रदेशको कृषि विकास निर्देशनालयले जनाएको छ । प्रदेश सरकारले यो वर्ष कृषि यान्त्रीकरण अनुदानका लागि ३ करोड ४० लाख बजेट छुट्याएको छ । कृषि विकास निर्देशनालयबाट कृषि उपकरण खरिदमा ५० प्रतिशत अनुदान दिने सरकारको योजना छ । यो वर्ष प्रदेश सरकारले डिस्क ह्यारो, रोटाभेटर, पोटेटो प्लान्टर, पोटेटो हार्भेस्टर, सुपर सिडर, धान थ्रेसर, गहुँ थ्रेसर, मल्टिकप थ्रेसर, पावर टिलर, मिनि टिलरमा सरकारले ५० प्रतिशत अनुदान दिनेछ ।

ताजा समाचार