कञ्चनपुरमा मोटरसाईकल दुर्घटनामा एकको मृत्यु

महेन्द्रनगर। कञ्चनपुरमा मोटरसाईकल ट्याक्टरसँग ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

कृष्णपुर नगरपालिकास्थित गुलरियाको जंगलमा आइतबार साँझ म २ प ६१८९ नम्बरको स्कुटरलाई सुपप्र ०१००८ प १५८७ नम्बरको मोटरसाइकलले ओभरटेक गर्दा से २ प ८२० नम्बरको ट्याक्टरसँग ठोक्किएर एक जनाको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका–८ बेलडाँडीका कृष्ण साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ।

उनको धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

ताजा समाचार