कैलालीमा २२ वर्षीय एक जना युवाको करेन्ट लागेर मृत्यु

महेन्द्रनगर । कैलाली होटलमा कार्यरत एक जना युवाको करेन्ट लागेर मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–३ स्थित बस्ने २२ वर्षीय महेश भारतीको करेन्ट लागेर सोमबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

विद्युतको तारमा अड्किएको बेलुनलाई फलामको रडले निकाल्ने क्रममा अचानक करेन्ट लागेर भारती गम्भीर घाइते भएका थिए ।

उनको माया मेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

ताजा समाचार