नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २० औँ साधारणसभा सम्पन्न

महेन्द्रनगर। नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाको २० औँ साधारणसभा आज (मंगलबार) सम्पन्न भएको छ।

महासंघका अध्यक्ष माधब सिंह धामीको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रमुख अतिथि सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मराज जोशी रहेका थिए।

जोशीले कार्यक्रमलाई सम्बोधन गर्दै, ‘समाजलाई सुमार्गतर्फ डोराउने महत्वपूर्ण क्षेत्र पत्रकारिता भएकाले हरेक तह, हरेक समुदायको चित्रण गर्ने भएकाले आम जगतलाई सुचनाको प्रवाह मार्फत सबैलाइै सुसज्जित गर्ने अति नै संवेदनशिल यो पेशा भएकाले यसको सदैव मर्यादालाई कायम राख्दै काम गर्न आग्रह गरे, अनुसन्धानमूलक पत्रकारितामा जोड दिए।

यसैगरी, पत्रकार महासंघका सुदूरपश्चिम अध्यक्ष योगेश रावलले पनि‘अहिले पत्रकार र जनप्रतिनिधिहरुबीच बजेटकै लागि लडाइँ भइरहेको देखिन्छ।’,‘पत्रकारिता पेशामा नभएकाहरुले सदस्य बनिरहनु हुँदैन्,’ उनले भने, ‘सुर्खेतमा हुने केन्द्रीय साधारणसभामा सुद्धिकरणको विषयलाई उठान गर्छौ।’ पत्रकारिता अव्यवस्थित बन्दै गएको उनले बताए।

पत्रकार महासंघले सदस्यता पत्रकार चित्रांग थापाले भने,‘ क्रियाशिल पत्रकारलाई मात्रै महासंघको सदस्यता दिनुपर्छ,’ पत्रकारिता पेशा छोडेका तर, महासंघको सदस्य भएकाहरुलाई स–सम्मान विदा गर्नुपर्छ।’

प्रेस काउन्सिलका सदस्य हरिप्रसाद जोशीले भने,पत्रकार आचारसंहिताको परीक्षामा सहभागी गराएर मात्रै महासंघको सदस्यता दिनुपर्ने ‘नयाँ सदस्यता दिदा अनिवार्य पत्रकार आचारसंहिताको परीक्षा लिएर मात्रै दिनुपर्छ,’ उनले भने, ‘यो विषय देशभरबाट उठाउन केन्द्रीय साधारणसभाले यसबारे निर्णय लिनुपर्छ।’

ताजा समाचार