कञ्चनपुरमा हुलाकी सडक निर्माण ढिलासुस्ती गरेको भन्दै बेलौरीका स्थानीय बिरोध प्रर्दशन

महेन्द्रनगर । कञ्चनपुरमा हुलाकी सडक निर्माण ढिलासुस्ती गरेको भन्दै बेलौरीका स्थानीय आन्दोलित भएका छन । उनीहरुले ठेकेदार बिरुद्धमा मंगलबार हुलाकी सडक अन्र्तरगत बेलौरीमा बिरोध प्रर्दशन गरेका हुन ।

०७३सालमा ठेक्का भएको हुलाकी सडक ०७९ आईपुग्दा समेत अलपत्र छाडेपछि स्थानीय आन्दोलित भएका हुन । बेलौरी ६ का युवा वडा सदस्य समेत रहेका जैसीले ठेकेदारले ७ बर्ष वितिसक्दा पनि हुलाकी सडक ढिलासुस्ती गरेपछि बाध्य भएर जनता बिरोधमा आएको बताए ।

‘ठेक्का भईसकेको सडक निर्माण गर्न छाडेर ठेकेदारले अलपत्र छाडेको छ, ‘उनले भने, ‘सरकारी निकाय र ठेकेदारलाई घचघच्याउन साँकेतिक आन्दोलन गरेका छौँ, समयमै निर्माण नरेर फेरी आन्दोलन चर्काउँछौँ ।’

हुलाकी सडक ठेक्का भएको ७ बर्ष भयो कहिलेसम्म धुलोमा हिडिरहेमा छौँ, कहिलेसम्म पिच बाटोमा हिड्न पाउने ? ठेकेदार ज्यू ७ बर्ष पुरा भयो, ठेक्का भएको कहिलेसम्म पिच बन्छ ? भन्दै प्लेय कार्ड सहित प्रर्दशन गरेका छन ।

कञ्चनपुर कैलालीका सदरमुकाम जोड्ने उक्त सडक कालोपत्रे भए दक्षिणी क्षेत्रका स्थानीयलाई यातायातमा राहत र समग्र (कैलाली–कञ्चनपुर)को आर्थिक विकासमा बृद्धि हुने अपेक्षा लिएपनि ठेकेदार कम्पनीको लार्पबाहीका कारण स्थानीय हैरान भएका छन । ६२ किलोमिटर सडक कालोपत्रेका लागि पहिलो पटक ३० महिनाका लागि सम्झौता गरिएको थियो ।

पहिलो पटकको म्याद सकिएर चौथो पटक समेत म्याद थप गर्दा पनि निर्माण कार्य पुरा भएको छैन । ठेकेदार कम्पनी पाँचौँ पटक म्याद थपको तयारीमा छन ।

०७३ साल फागुनमा निर्माण कम्पनीद्वय बाबाहंस सिद्धिकीशाही, शर्मा राजेन्द्र जेभी र हुलाकी राजमार्ग आयोजनाविच ३० महिनाभित्रै सडक कालोपत्रे गर्ने काम सम्पन्न गर्ने सम्झौता भएको थियो । तर, सम्झौता भन्दा दोब्बर समय अवधि र चार पटक म्याद थपेर पनि निर्माण कम्पनीले सडक निर्माण गर्न सकेको छैनन ।

सडक निर्माणमा ढिलासुस्ती हुँदा स्थानीय समेत आक्र्रोसित र चिन्तित भएका छन । सडक निर्माण नभएका कारण दक्षिणी क्षेत्रका जनताले बषौँदेखि कच्ची सडकमा जोखिमपुर्ण कष्टकर यात्रा गर्न बाध्य भएका छन् ।

६२ किलोमिटर सडक कालोपत्रेका लागि कुल १ अर्ब, १७ करोडको लागतमा उक्त सडकको ७ मिटर चौडाई कालोपत्रे गर्ने सम्झौता ५० प्रतिशत भन्दा बढि भुक्तानी पाईसकेको जनाएको छ ।

ठेकेदारको फोटो सहित राखेर आन्दोलन शुरु गरेका छन । कालोपत्रे नगर्दासम्म आन्दोलन जारी राख्ने जनाएका छन ।

ताजा समाचार