महेन्द्रनगर । कंचनपुरको दोधारा चाँदनी नगरपालिका १ मा बुवाले आफ्नै ९ वर्षिया छोरी माथि बलात्कार गरेको प्रहरीले जनाएको छ ।
आमा पोइल गएपछि ती बालिका हजुर आमासित बस्दै आएकी थिइन् । मंगलबार राति बुवाले बलात्कार गरेको प्रहरीले बुवालाई हिरासतमा लिएको छ ।
उनी इलाका प्रहरी कार्यालय दोधारा चाँदनीमा राखिएका छन् ।
बालिकालाई स्वास्थ्य जाँचका लागि अस्पताल पठाइएको छ ।