महेन्द्रनगर । कैलालीमा एक जनाले श्रीमतीलाई बन्चरो प्रहार गरी हत्या गरेको प्रहरीले बताएको छ।
जिल्लाको टिकापुर नगरपालिका वडा न.१ गणेशपुर शिविर बस्ने ६० वर्षको भगीरथ जैशीले ५९ वर्षकी श्रीमती मुगादेवी जैसीको टाउकोमा बन्चरोले हानेर हत्या गरेका हुन् ।
मंसिर २८ गते विवादका कारण बञ्चरो प्रहारबाट घाइते भएकी श्रीमतीको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीले मृतकका श्रीमान् भागिरथलाई पक्राउ गरेर हिरासतमा राखि अनुसन्धान भइरहेको जनाएको छ ।
मृतकको शव भने पोष्टमार्टम पश्चात मृतकका छोरा पवन प्रसाद जैशीले बुझेर लगेका थिए ।बन्चरो प्रहार गर्ने श्रीमानलाई पक्राउ गरी अनुसन्धान गरिरहेको भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरीले जानकारी दिएका छन् ।