सेती अस्पतालमा थन्कियो सिटीस्क्यान उपकरण

महेन्द्रनगर  गत जेठको अन्तिम साता सेती प्रादेशिक अस्पतालमा सिटीस्क्यान आइपुग्यो। उपकरण आए लगतै सेवा सञ्चालन गर्ने अस्पतालले बताएको थियो। तर, उपकरण आइपुगेको ८ महिना वितिसक्दा पनि सेवा सुरु भएको छैन्। सेती प्रादेशिक अस्पतालमा खरिद गरिएको सिटीस्क्यान ८ महिनादेखि थन्क्याएर राखिएको छ।

अस्पतालको नयाँ भवनमा सिटीस्क्यान जडान गरिएको र भर्खरै मात्र हस्तान्तरण भएकाले सञ्चालनमा ढिलाई भएको अस्पतालका प्रमुखले बताएका छन्। उपकरण जडानको काम भर्खरै सक्किएको छ। प्राविधिक टोलीले उपकरण जाँच गरेर ठिक छ भनिसकेको छ। उपकरण जडानमा समय लागेकाले सेवा सञ्चालन गर्न नसकिएको हो।

अब छिट्टै सेवा सुरू गर्छौँ।’ सिटीस्क्यान आइपुगेको बढीमा एक महिनाभित्र प्रयोगमा ल्याउने मेडिकल सुपरीटेन्डेन्टले यसअघि नै बताएका थिए। तर उपकरण आइपुगेको ८ महिना वितिसक्दा पनि प्रयोगमा आएको छैन्।

निर्माणाधिन भवनको काम समयमै नसकिँदा उपकरण जडान गरेर सेवा सञ्चालन गर्न समस्या भएको अस्पताल प्रशासनको दाबी छ। सिटीस्क्यान नयाँ भवनमा जडान गरिएको छ।

भवनको काम भने पुरा भएको छैन्। साथै उपकरण सञ्चालनका लागि जनशक्ति नभएकाले पनि समस्या भएको अस्पतालको तर्क छ।

भएका उपकरण अस्पतालले थन्क्याएर राख्दा बिरामीले भने महंगो शुल्क तिरेर निजी अस्पताल धाउन बाध्य छन्। उपकरण भएर पनि सेवा सञ्चालन गर्न नसक्नुको कारण उपकरण चलाउने जनशक्ति नहुँनु नै रहेको अस्पतालले बताएको छ।

तर, सिटीस्क्यान सञ्चालन गर्न जनशक्ति छनोटको काम भने भइसकेको छ। सेतीमा आउने बिरामीले सिटीस्क्यानका लागि निजी अस्पताल धाउनु पर्ने बाध्यता छ।

ताजा समाचार