धनगढीमा महिलाहरुको पाठेघरमा क्यान्सर भएको फेला

महेन्द्रनगर । धनगढी उपमहानगरभित्रका १८ महिलाको पाठेघरमा क्यान्सर भएको फेला परेको छ। क्यान्सर रोगसम्बन्धी निःशुल्क एकदिने स्वास्थ्य शिबिरमा चेकजाँच गर्दा धनगढीका डेढ दर्जन महिलाको पाठेघरमा क्यान्सर देखिएको हो।

उपमहानगरपालिकाले बेलीस्थित सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा सञ्चालन गरेको स्वास्थ्य शिविरबाट २ सय ८६ जनाले सेवा लिएका थिए। २ सय २९ महिला र ५७ पुरुषले स्वास्थ्य सेवा लिएका हुन्। ८८ जना महिलाको पाठेघरको परीक्षण गर्दा १८ जनामा क्यान्सर देखिएको हो। धनगढी उपमहानगरपालिकाले साउनदेखि विशेषज्ञ स्वास्थ्य घुम्ती सेवा प्रत्येक वडामा महिनामा एक दिन निःशुल्क स्वास्थ्य सेवा दिँदै आएको छ।

घुम्ती स्वास्थ्य विशेषज्ञ सेवाबाट साउनदेखि हालसम्म आँखा रोगसम्बन्धी ४ हजार ३१६, दाँत २५ र स्त्री तथा प्रसूति रोग विशेषज्ञबाट दुई हजार ९२४ जनाले निःशुल्क स्वास्थ्य सेवा प्राप्त गरेका हुन्। त्यस्तै जनरल फिजिसन, ७ हजार ४१६, हाडजोर्नी १४१, प्रयोगशाला सेवा एक हजार ४१०, अल्ट्रासाउन्ड १ हजार १८५, ईसीजी ६६२ लाई निःशुल्क सेवा दिएको जनाएको छ।

ताजा समाचार