कञ्चनपुरमा परिवार नियोजनको नयाँ अस्थायी साधन ‘सायना प्रेस’ सेवा सुरु

महेन्द्रनगर। नेपाल परिवार नियोजन संघ कञ्चनपुर शाखाले परिवार नियोजनको लागि नयाँ ‘सायना प्रेस’ अस्थायी साधनको सेवा सुरु गरेको छ।

सोमबार संघले सरोकारवाला र पत्रकारहरुसित समन्वयतात्मक बैठक कार्यक्रमद्वारा परिवार नियोजनको नयाँ साधन ‘साइन प्रेस’ सम्बन्धी जानकारी दिएको छ।

बेलायत सरकारको आर्थिक सहयोगमा आईपास र मेरि स्टोप अन्तर्राष्ट्रियको सहकार्यमा ‘सायना प्रेस’ तीन महिने गर्भ निरोधक अस्थायी साधन सुईलाई सेवाग्राहीसम्म पुगाउन थालिएको हो ।

मेडिकल अधिकृत डा. स्मृति रावलले साइना प्रेस सुई सम्बन्धी महिलाका लागि भरपर्दो र आफैले पनि यो सुई लगाउन सकिने नयाँ अस्थायी साधन भएको बताइन्।

‘डिपो जस्तै औषधी भएको यो नयाँ साधन हो, डिपोको विकल्पमा पनि होइन, र डिपो जस्तै पनि होइन’ उनका अनुसार पेट, थाई, तिघ्रा तीन मध्ये एक ठाउँमा साइना प्रेसको सुई लगाउन सकिन्छ। ‘यसको प्रभावकारिता ९९ प्रतिशत छ, ।

ताजा समाचार