बझाङमा अटो दुर्घटनामा ४ जना घाइते

महेन्द्रनगर । बझाङमा अटो दुर्घटना भएको छ। बझाङमा अटोको चक्का फुत्किएर दुर्घटना हुँदा ४ जना घाइते भएको प्रहरीले जनाएको छ। 

सदरमुकाम चैनपुरबाट गोलाईतिर जाँदै गरेको अटो गोलाई नजिकै ढाक्रेखोलामा अगाडिको चक्का फुत्किएर दुर्घटना भएको स्थानीयले बताएका छन्। दुर्घटनामा चार जना घाइते भए पनि उनीहरूको परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।

ताजा समाचार