बेलडाँडी गाउँपालिकाद्वारा प्रथम चौमासिक सुनुवाई सार्वजनिक

महेन्द्रनगर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम गरेको छ ।

गाउँपालिकाले मंगलबार सरोवारवाला निकायसंग आफूले गरेको प्रगति विवरण सहित आम नागरिकलाई सुसूचित गर्नका लागि सार्वजनिक सुनवाई कार्यक्रम गरेको हो ।

सुनुवाई कार्यक्रममा छाडा चौपाया व्यवास्थापन, खेलमैदान, एम्वुलेन्स संचालन, अपाङ्गमैत्री प्रशासन, लागु औषध नियन्त्रणका सवाल उठेका थिए ।


कार्यक्रममा अधिकारवाला र सेवाग्राहीबीच सेवा प्रवाहका समस्या तथा जनसन्तुष्टिको स्थितिबारे समिक्षा गरी मूल्याङ्कन, सुझाव र पृष्ठपोषण प्रदान भएको बेलडाँडी गाउँपालिकाका प्रवक्ता गज बहादुर बिष्टले जानकारी गराउनु भयो । उहाँका अनुसार नियमित र खुला अन्तरक्रिया माध्यमबाट सेवाग्राहीलाई सन्तुष्टी प्रदान गरी विश्वासको वातावरण कायम हुने समेत उहाँले बताउनु भयो ।

गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले ‘केहि दिन भित्रै अपाङ्ग मैत्री प्रशासन बनाउनका लागि लिफ्टमा आएको प्राविधिक समस्या समाधान गर्ने, एम्बुलेन्स संचालनमा आएको, खेलकुद समिति गठन गरी यहाँका खेलाडीहरुलाई प्राथामिकताका साथ प्रवद्र्धन गर्ने, बेलडाँडीका किसान व्यवसायीका लागि कोल्ड स्टोर स्थापना गर्नका लागि अध्ययन भइरहेको जनाउदै क्रमिक रुपले अतिक्रमित भएको सरकारी जमिन ग्रिनबेल्ट खाली गरी बेलडाँडीका जनातालाई आवस्यक भएको कार्य उक्त क्षेत्र भित्र स्थापना गर्ने जनाएका छन् ।

ताजा समाचार