डडेल्धुराको रिसिखोला वनमा झुन्डिएको अवस्थामा एक युवक मृत फेला

महेन्द्रनगर । डडेल्धुरा जिल्ला सदरमुकाम नजिकै रहेका रिसिखोला वनमा झुन्डिएको अवस्थामा एक युवक दिउसो मृत फेला परेका छन् ।

मृतक बझाङ जिल्ला चिरविथड गाउँपालिका ३ घर भएका जय बहादुर बोहरा रहेको जिल्ला प्रहरि कार्यालय डडेल्धुराले बताएको छ ।

उनलाई स्थानीयले देखेपछि प्रहरिलाई खबर गरेको थियो ।

मृतको शव पोस्र्माटमका लागि अस्पताल पठाईएकोछ ।

ताजा समाचार