भजनीस्थीत खेतमा भेटीएको अजिङ्गरको उद्धार

महेन्द्रनगर  । कैलालीको भजनीस्थीत खेतमा भेटीएको अजिङ्गरको उद्धार गरीएको छ। कैलालीको भजनी नगरपालिका ९ का रामफल चौधरीको खेतमा बुधबार भेटिएको अजिङ्गरको उद्धार गरी सोनिया तालमा छोडिएको हो।

सयपत्री सामुदायिक वन र जनज्योति सामुदायिक वनमा सिमानामा रहेको सोनिया तालमा छोडिएको सब डिभिजन वन कार्यालय पचमुडियाका प्रमुख नितेश भट्टराईले जानकारी दिए। उद्धार गरीएको अजिङ्गरको तौल ३ किलो तथा १।५ मिटर लम्बाइ रहेको र बच्चा अजिङ्गर रहेको उनले बताएका छन्।

ताजा समाचार