भीमदत्त नगरपालिकाद्धारा भू–उपयोग नक्सा स्वीकृत,छिट्टै कित्ताकाट खुल्ने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकालले भू–उपयोग नक्सा अध्यावधिक गरि स्थानिय भू–उपयोग परिषद्बाट स्वीकृत गरेको छ ।

भीमदत्त नगरपालिका भू–उपयोग नक्सा अध्यावधिक गर्ने जिल्लामै पहिलो नगरपालिका बनेको छ । नापी विभागले २०७८ सालमा उपलब्ध गराएको भू–उपयोग नक्सा भीमदत्त नगरपालिकाले भू–उपयोग नियमावली २०७९ बमोजिम अध्यावधिक गरि बुधबार बसेको स्थानिय भू–उपयोग परिषद्को बैठकबाट स्वीकृत गरेको नगर प्रवक्ता महेन्द्र खड्काले बताए ।

भीमदत्त नगरपालिकाले नापी विभाग काठमाण्डौँ र नापी कार्यालय कञ्चनपुरको प्राविधिक सहयोगमा उक्त नक्सा अध्यावधिक गरेको थियो । नगरपालिका क्षेत्रलाई भू–उपयोग नियमावलीमा उल्लेखित विभिन्न क्षेत्रमा विभाजन गरिएको नगर प्रवक्ता खड्काले बताए ।

उनका अनुसार स्वीकृत भू–उपयोग नक्सा बमोजिम कित्तागत विवरण तयार गरि पुनः स्थानीय भू–उपयोग परिषद्बाट पारित गरि भू–उपयोग योजना लागु भएको सूचना प्रकाशन गरिनेछ र सो पछी कित्ताकाट खुल्नेछ । नेपाल सरकारले २०७९ जेठ २३ गते राजपत्रमा भू–उपयोग नियमावली प्रकाशन गरि लागु गरेपछी जग्गाको बर्गीकरण नहुदा जग्गाको कारोबार ठप्प जस्तै थियो ।

ताजा समाचार