बेलौरीमा भारतिय लुटेराहरु पेस्ताेल सहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा केही दिन यता चोरी,डकैती र लुटपाट गर्ने भारतिय एक गिराेह पेस्ताेल सहित गएराति प्रहरीले पक्राउ गरेकाे छ ।

सिमावर्ति गाउँमा हतियार सहित केहिदिन अघि मात्रै लुटपाट गरि फरार भएका उनिहरू फेरि लुटपाट गर्न गाउँपसेपछि स्थानियकाे सहयाेगमा प्रहरीले घेराबन्दी हालेर एक पाेस्ताेल सहित ३ जनालाई बेलाैरी प्रहरीले पक्राउ गरेकाे हाे ।

पक्राउ परेकाहरूकाे साथबाट एक थान पेस्तोल र त्यसमा लाग्ने गाेलि सहित नियन्त्रणमा लिएकाे प्रहरीले बताए ।

बेलौरी-१ फटियामा लुटपाट आएका भारतिय डाकाकाे फरार गिरोहलाई स्थानीय र याे समाचार तयार पार्दा सम्म गाउँकै नजिक रहेकाे उखुबारीमा लुकेर बसेका डाँकाकाे समेहलाई प्रहरी, शसस्त्र प्रहरी र स्थानियले घेराबन्दीमा पारेका छन् ।

अहिले पनि उखुबारीमा लुकेर बसेका फरार डाकाकाे समेह स्थानिय र प्रहरीकाे घेरामै छन्

ताजा समाचार