महेन्द्रनगरबाट लम्की गइरहेको हाइस दुर्घटनामा एक जनाको मृत्यु, १८ जना घाइते

महेन्द्रनगर। कञ्चनपुरको महेन्द्रनगरबाट लम्कीतर्फ जादै गरेको हाइस दुर्घटनामा एक जनाको मृत्यु र १८ जना घाइते भएका छन् ।

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कैलालीको गौरिगंगा नगरपालिका–६ वनवेहडामा शनिबार दिउसो ०२००१ ज ४०६ नम्बरको हाइस दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। १८ जना घाइते छन्।

प्रहरीका अनुसार दुर्घटनामा लम्की–चुहा नगरपालिका–१ की ७३ बर्षिया कर्मा प्याकुरेलको मृत्यु भएको छ।

दुर्घटनाका घाइतेहरुलाई सेती प्रादेशिक अस्पताल र माया मेट्रो अस्पतालमा उपचारका लागि पठाइएका छन् । घाइतेहरुको पहिचान खुल्न बाँकी छ।

ताजा समाचार