सामुदायिक वनमा एक जना मृत अवस्थामा फेला

महेन्द्रनगर। दिपायल सिलगढी नगरपालिका–८ गोगनपानी सामुदायिक वनमा एक जना मृत अवस्थामा फेला परेका छन्।

देउरागाउँ लडागडाका ६० वर्षीय धरु कडायत मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

गत ११ गते घरबाट हिँडेका उनी नफर्किएपछि खोजी गर्ने क्रममा उक्त वनमा शव फेला परेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

ताजा समाचार