सुदूरपश्चिम प्रदेश सभाको पहिलो बैठक बस्दै

महेन्द्रनगर ।सुदूरपश्चिम प्रदेशसभाको पहिलो बैठक आज बस्ने भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको प्रथम अधिवेशन आज बस्ने भएको प्रदेश सभा सचिवालयले जनाएको छ।

प्रदेश प्रमुख देवराज जोशीले नेपालको संविधानको धारा १८३ को उपधारा १० बमोजिम सुदूरपश्चिम प्रदेशको प्रदेशसभाको अधिवेशन १८ गते सोमबार दिनको १ बजेदेखि सुरु हुने गरी आह्वान गरेको सो सूचनामा उल्लेख गरिएको छ।

सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैशीका अनुसार आज दिउसो १ बजे बैठक बस्ने भएको हो । प्रदेश सभा सचिवालयका सूचना अधिकारी जैशीले आज प्रदेश सभा सञ्चालनको कानुन के बनाउने, सभामुखको निर्वाचनको कार्यतालिका र शुभकामना मन्तव्य आदानप्रदान गर्ने कार्यक्रम रहेको बताए। प्रथम बैठक ज्येष्ठ सदस्य मानबहादुर रावलले सञ्चालन गर्नेछन्। अधिवेशनसँगै सभामुख र उपसभामुख चयनको लागि बाटो खुल्ने छ। कार्य परामर्श समितिको बैठकले माघ २ गते सभामुख उपसभामुख चयन गर्ने निर्णय गरेको छ ।

ताजा समाचार