कैलाली गोदावरी नगरपालिद्धारा अत्तरिया बजारमा दाउरा वितरण

महेन्द्रनगर । कैलालीको गोदावरी नगरपालिकाद्धारा अत्तरियामा दाउरा वितरण गरिएको छ । नगरपालिकाले बढ्दै गएको चिसोलाई मध्यनजर गर्दै अत्तरिया बजारमा दाउरा वितरण गरेको जनाएको छ।

नगरप्रमुख विरेन्द्र भट्टले शितलहर बढ्दै गएपछि नगरले दाउरा वितरण गरेको जानकारी दिए । चिसो मौषममा व्यापार व्यवसाय गर्ने व्यवसायीहरुलाई असर परेको र बजारमा आउने यात्रुहरुलाई पनि असर परेको उनबो भनाई छ। उनले नगरबासीहरुलाई शितलहरबाट बचाउन दाउरा वितरण गरिएको बताए । उनले चिसो समयभरी नै नगरले दाउरा वितरण गर्ने जानकारी दिएका छन् ।

ताजा समाचार