शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बेलडाँडी क्षेत्रमा तीन दिनका लागि खरखडाई खोल्दै

महेन्द्रनगर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले बेलडाँडी क्षेत्रमा बसोवास गर्ने स्थानीय बासीहरुको घर गोठ छाउन समस्यालाई ध्यान दिदै खरखडाई खोल्ने भएको छ ।

निकुञ्ज कार्यालयले यही पौष २४,२५ र २६ गते बेलडाँडी रेञ्जरपोष्टबाट खरखडाई पुर्जी वितरण गर्ने र २७,२८ र २९ गते खरखडाई हुने छ ।

खरखडाइका लागि राजश्ववापत र संरक्षण शुल्क वापत गरी जम्मा ५० रुपैँया पुर्जी लाग्ने भएको छ ।

निकुञ्ज खुलेपछि स्थानीयबासीले वर्ष भरीका लागि घर गोठ छाउन आवश्यक खरखडाइ, सेठा र बाबियो लगाएतका सामाग्रीहरु निकुञ्जबाट काटेर ल्याउने गर्छन ।

निकुञ्जको नियमानुसार खरखडाई बाहेक अन्य कुनै पनि गतिविधि गर्न खोजेमा कार्वाही गर्ने नियम रहेको छ ।

ताजा समाचार