कञ्चनपुरको बेलाैरीमा लक्षित वर्गलाई न्यानो ब्ल्याङकेट वितरण

महेन्द्रनगर ।कञ्चनपुरको बेलाैरी नगरपालिका वडा नं ७ ले  अत्यधिक चिसो बढेपछि लक्षित वर्गलाई न्यानो ब्ल्याङकेट वितरण गरेको छ ।

शुक्रवार एक कार्यक्रमका बीच बेलौरी वडा नम्बर ७ मा रहेका जेष्ठ नागरिक, भलमन्सा, चाकर , एकल महिला , पुर्ण अपांग, अति अशक्त,दलित बालबालिका ,द्वन्द पीडित लगायत २ सय ५० जनालाई ब्ल्याङकेट वितरण बितरण गरेको हो ।
 
यस्तै आजै बेलौरी नगरपालिका–५ मा सामाजिक सुरक्षा भत्ता पाइरहेका नागरिकहरुलाई पानी तताउने जग र टर्च लाइट पनि वितरण गरिएको छ।

वडाको आर्थिक बर्ष २०७९/०८० बाट ३ लाख ५० हजार रकम छुट्याइएर ब्ल्याङकेट वितरण गरिएको हो।  कार्यक्रममा उपस्थित जेष्ठ नागरिकको स्वास्थ्य परीक्षण पनि  गरिएको थियो।

वडाको आ.व २०७९/८० को बजेट बाट सामाजिक सुरक्षा भत्ता पाइरहेका २ सय ४४ लाभग्राहिलाई एक थान पानी तताउने जग र टर्च लाइट वितरण गरिएको वडाध्यक्ष लालबहादुर चौधरीले बताए।

ताजा समाचार