वडाध्यक्ष पदम बुडाले अनाथ बालवालिकालाई जुत्ता वितरण गरि मनाए जन्मदिन

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ का वडाध्यक्ष एवम् समाजसेवी पदम बुडाले आफ्नो जन्मदिनको अवसरमा अनाथ बालवालिकाहरुलाई जुत्ता वितरण गरेका छन् ।

आइतबार वडाध्यक्ष बुडाले आफ्नो जन्मदिनको अवसरमा जिल्लाको महेनद्रनगर स्थित महाकाली अञ्चल बाल अनाथालयका बालबालिकालाई जुत्ता वितरण गरेका हुन् ।

अनाथालयका बालवालिकाहरुलाई जाडोमा जुत्ताको अभाव नहोस् भन्ने उद्देश्यले जन्मदिनको अवसरमा जुत्ता वितरण गरिएको उनले बताए ।

वडाध्यक्ष बुडाले पछिल्लो समय जन्मदिनमा ठुल–ठुला होटेलमा गएर धेरै पैसा खर्च गर्ने परिपाटी रहेका बेला अनाथ बालवालिकालाई आवश्यक सामाग्री वितरण गरेर समेत जन्मदिन मनाउन सकिन्छ भन्ने उदाहरण दिएका छन् ।

वडाध्यक्ष बुडाले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आएका छन् ।

ताजा समाचार