कञ्चनपुरको बेदकोटमा अवैध लागूऔषधसहित एक जनालाई पक्राउ

महेन्द्रनगर । कञ्चनपुरको बेदकोट नगरपालिका – ७ मा अवैध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालयबाट खटिएको सयुक्त टोलीले आइतबार करिब १ बजेको समयमा बेदकोट नगरपालिका–७ बाट पैदल हिन्दै गरेका ४२ वर्षीय गणेश सिंह भण्डारीलाई पक्राउ गरेको हो।

उनले ज्याकेटको खल्तिभित्र कालो प्लाष्टिकको थैलोमा लुकाएको फेनेगेन २० थान र रेक्सोजेसी लेखिएको १७ थान एम्पुल बरामद गरिएको छ।

ताजा समाचार