प्रचण्ड नेतृत्वको सरकारलाई समाजवादी पार्टीले विश्वासको मत दिने

महेन्द्रनगर । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित नेकपा एकीकृत समाजवादी पार्टीले समर्थन गर्ने भएको छ।

सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको उपमहासचिव जगन्नाथ खतिवडाले बताए। उनका अनुसार सरकारलाई विश्वासको मत दिएर एकीकृत समाजवादी प्रतिपक्षमा बस्ने छ।

‘विश्वासको मत दिन्छ, सर्त राखिने छन्,’ उनले भने, ‘ती सर्त ९एजेण्डाहरु० पुरा नगरेमा कुनै पनि बेला त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको छ।’
नेकपा एसले कस्ता सर्तहरु अगाडि सारेको छ भन्ने विषयमा उनले खुलेर केही बताएनन्।

उनले राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र सुधार लगायतका विषयमा पार्टीका एजेण्डा अध्यक्ष माधव कुमार नेपालले संसदमा राख्ने र सोही अनुसार अगाडि बढ्ने बताए।

प्रतिनिधिसभामा नेकपा एकीकृत समाजवादीका १० सदस्य छन् । यस्तै, प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने÷नदिने निर्णय गर्न कांग्रेसमा छलफल जारी छ। संसदीय दलको बैठकअघि कांग्रेसले पदाधिकारी बैठक बसेको छ।

बैठक अहिले सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा जारी छ। बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने÷नदिने विषयमा छलफल भइरहेको नेता नारायण खड्काले बताए ।
विश्वासको मतका सम्बन्धमा निर्णय गर्न भने आजै संसदीय दलको बैठक बोलाइएको छ ।

प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिँदैछन् । बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठक बस्दैछ । २७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्री प्रचण्डले कम्तीमा १३८ सांसदको समर्थन आवश्यक पर्छ।

ताजा समाचार