सरकारले पृथ्वी जयन्तीको दिन भोलि सार्वजनिक बिदा दिने

महेन्द्रनगर । बुधबार (भोलि ) देशभर सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। सरकारले पृथ्वी जयन्तीको दिन यही पुस २७ गते सार्वजनिक बिदा दिने भएको हो। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले २७ पुसमा सार्वजनिक बिदा दिने निर्णय गरेको विना विभागीयमन्त्री राजेन्द्र राईले जानकारी दिए।

सत्ता साझेदार दल राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले राख्दै आएको मागलाई सम्बोधन गर्दै सरकारले २७ पुसमा बिदा दिने निर्णय गरेको हो। पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरमा विगतमा नेपालमा सार्वजनिक बिदा दिने प्रचलन रहेको थियो। तर २०६२र६३ को जनआन्दोलनपछि बिदा दिन छाडिएको थियो।

ताजा समाचार