कञ्चनपुरको भीमदत्त नगरका अपाङता भएका व्यक्तिलाई ह्वीलचियर वितरण

महेन्द्रनगर । भीमदत्त नगरका अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको छ ।

शनिबार कञ्चन समाजको आयोजनामा नवनियुक्त मुख्यमन्त्री राजेन्द्र सिह रावलको अभिनन्दन कार्यक्रममा अपाङ्गता भएका व्यक्तिलाई ह्वीलचिय वितरण गरिएको हो । कञ्चनपुरका अपाङ्गताका अगुवा जिवन भट्टले मुख्यमन्त्री रावलकै पहलमा रोटरी कलव पाटन ललितपुर सहयोगमा अति अशक्त अपाङ्गता भएका व्यक्तिहरुलाई व्यहिचेयर वितरण गरिएको बताए ।

सुदुरपश्चिम प्रदेशका अग्रज अपाङ्गता अधिकारकर्मी अपाङ्गता भएका व्यक्तिहरुको अधिकारका लागि ०४७ साल देखि निरन्तर संघर्षरत व्यक्ति ७५ बर्षका जेष्ठ अपाङ्गता भएका व्यक्ति राष्ट्रिय अपाङ्ग महासघ नेपाल पुर्व केन्द्रीय सदस्य हर्क बहादुर बमलाई समान सहित व्यहिचेयर वितरण गरेको थियो ।

कञ्चन समाजका अध्यक्ष धर्म राज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि मुख्यमन्त्री राजेन्द्र सिह रावल रहेका थिए ।

ताजा समाचार