महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका धरमपुरमा माघी पर्व कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ ।
मंगलबार सुतिया थारु युवा समाज तथा बेदकोट नगरपालिका वडा नं -५ स्तरीय वडाघर समितिको आयोजनामा बेदकोट नगरपालिका वडा नं -५ धरमपुर श्री मुक्तिनाथ आधारभूत विद्यालयको प्राङगणमा माघी सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ।


“राष्ट्रिय एकता म विविधता हमार शान,थारु भाषा,संस्कृति बचौना हमार अभियान “भन्ने मुल नाराका साथ थारु समुदायका मानिसहरूले संस्कृति जोगाउनका लागि यो कार्यक्रमको आयोजना गरिएको थियो।



कार्यक्रममा प्रमुख अतिथि सुदुरपस्चिम प्रदेश निवर्तमान सामाजिक विकास मन्त्री लाल बहादुर खड्का रहेका थिए । त्यस्तै बिशिस्ट अतिथिमा बेदकोट नगरपालिका निवर्तमान मेयर अशोक चन्द रहेका थिए । त्यस्तै कार्यक्रममा अन्य जनप्रतिनिधिहरु,पत्रकार, बुद्धिजीवी ,स्थानीयहरु लगायतको उपस्थिति रहेका थिए।
कार्यक्रममा बिभिन्न किसिमका थारु संस्कृति झल्किने पहिरनका लगाएर नृत्य प्रदर्शनी गरिएको थियो।



