अपाङ्गता अधिकार र नेतृत्व विकासका लागि अपाङ्गता भएका व्यक्तिहरुलाई २ दिने तालिम

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको महेन्द्रनगरमा अपाङ्गता भएका व्यक्तिहरुका लागि २ दिने अपाङ्गता अधिकार र नेतृत्व विकास तालिमको सुरु भएको छ।

महेन्द्रनगरमा माघ ४ र ५ गते होटल कलशमा एबिलिस फाउन्डेसनको सहयोगमा सुदूरपश्चिम समावेशी अपाङ्गता संघ भीमदत्त नगरपालिका वडा नम्बर १८ महेन्द्रनगरको आयोजनामा दुई दिने तालिमको आयोजना गरिएको हो।

सुदूरपश्चिम समावेशी अपाङ्गता संघ भीमदत्त नगरपालिका वडा नम्बर १८ महेन्द्रनगरका अध्यक्ष मानमती भट्टको अध्यक्षतामा नेतृत्व वर्गमा रहेका नेतृत्व गर्ने क्षमता बिकास गर्ने उद्देश्यले जिल्लाका ९ वटै पालिका बाट अपाङ्गता भएका व्यक्तीको उपस्थित रहेको छ। अपाङ्गताको परिभाषा,अपाङ्ग अधिकार ऎन २०७४,अपाङ्गताको वर्गिकरण, बारेमा समेत जानकारी दिएको थियो।

उक्त तालिममा प्रस्तोता अपाङ्ग सेवा संघ उपाध्यक्ष पार्वती कुमारी बिष्ट , उपेन्द्र बहादुर खडायत निर्वतमान अध्यक्ष राष्ट्रिय अपांग महासंघ नेपाल सुन्दर सुदूरपश्चिम प्रदेश कार्यालय धनगढि कैलाली का उपेन्द्र बहादुर खडायत र डा. यज्ञ राज पाण्डेय उप-प्राध्यापक सुदूरपश्चिम विश्वविद्यालय विशेष आवश्यकता शिक्षाका संयोजक कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका उनले प्रशिक्षण दिनु भएको थियो।

ताजा समाचार