जरिवाना तिराएर छोड्ने गरेको भन्दै रिक्सा चालकहरुको बिरोध प्रर्दशन

महेन्द्रनगर ।ट्राफिक प्रहरीले जरिवाना तिराएर दुःख दिएको भन्दै चालक मजदुर संगठन आन्दोलितमा उत्रिएका छन् ।
सोमबार महेन्द्रनगर बजार बजारमा बिरोध प्रर्दशनका साथै नगरपालिका कार्यालय अगाडी चालकहरुले बिरोध प्रर्दशन गरेका छन ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन भीमदत्त नगर कमिटिले ट्राफिक प्रहरीको ज्यादती बन्द गर, ईरिक्सा संचालन कार्यविधी लागु गर भन्दै बिरोध प्रर्दशन गरेका हुन । उनीहरुले सडकमा ट्राफिक प्रहरीले जरिवानाका नाममा पैशा लिईरहेको आरोप लगाएका छन ।

पटक-पटक बिभिन्न बाहनामा रिक्सा वालालाई अनावश्यक जरिवाना काट्दै मजदुरहरुलाई अनावश्यक दूःख दिने गरेको भन्दै गरिखान पाउनु पर्ने र सडकमा निर्वाध रुपमा जनतालाई सेवा दिन पाउनुपर्ने भन्दै चालक आन्दोलनमा उत्रिएका ईरिक्सा समिति अध्यक्ष खडक रोक्का मगरले बताएका छन्

ताजा समाचार