कैलालीमा साहारा घरमा बस्ने ३० बर्षिय पुरुषको मृत्यु

महेन्द्रनगर । कैलालीमा साहारा घरमा बस्ने एक जनाको मृत्यु भएको छ। 

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको बर्दगोरिया गाउँपालीका २ स्थित साहारा घरमा बस्ने मानसिक अवस्था ठिक नभएका ३० बर्षिय पुरुषको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेद प्रकाश जोशीका अनुसार उनको परिचय खुल्न सकेको छैन्। साहारा घरको संचालक बर्दगोरिया गाउँपालीका २ का बल बहादुर बिष्टले प्रहरी कार्यालयमा खवर गरेको डएसपी जोशीले बताए।

सो जानकारीपछि उक्त स्थानमा प्रहरी निरीक्षक महेश बिक्रम शाहीको कमाण्डमा ४ जना प्रहरी टोली खटिगएको छ। उक्त स्थान ईलाका प्रहरी कार्यालय सडकपुर बैनिया कैलालीबाट ३ किलोमीटर पश्चिम पर्दछ।घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले बताएको छ।

ताजा समाचार