उपचारको क्रममा गौरीफण्टा बसपार्कमा अचेत अवस्थामा भेटिएका एक जनाको मृत्यु

महेन्द्रनगर । गौरीफण्टा बसपार्कमा अचेत अवस्थामा भेटिएका एक जना पुरुषको उपचारको क्रममा मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिवार दिउँसो करिब साढे ५ बजेको समयमा भारतको गौरीफण्टा बसपार्कमा २५ बर्षिय अशोक चौधरी अचेत अवस्थामा भेटिएका थिए।

साथमा रहेको कोरोना भेक्सिन कार्डबाट नाम खुल्न आएको तर ठेगाना खुल्न नसकेका उनको उपचारको क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको प्रहरीले बताएको छ।
अचेत अवस्थामा भेटिएका उनको सु।प।प्र।०१००१ह ४५१२ नं।को अटोमा राखेर सेती प्रादेशिक अस्पताल धनगढीमा ल्याइएको थियो ।

अस्पतालमा पुर्‍याएर पनी आइतबार राती १० बजे उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी बेदप्रकाश जोशीले मृतकको शव सेती प्रादेशिक अस्पतालको शव गृहमा रहेकोले निजलाई चिन्नु हुने व्यक्तीले नजिकको प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क राख्न हुन अनुरोध गरेका छन्।

ताजा समाचार