छाडाचौपाया समस्यालाई व्यवस्थापन गर्न कुचोकुटोद्वारा पहल

महेन्द्रनगर। छाडाचौपाया समस्यालाई व्यवस्थापन गर्न कुचोकुटोद्वारा दिगो विकास व्यवस्थापनको लागि पहल रहेको छ ।

आज (मंगलबार)कुचोकुटो पहलमा भीमदत्त नगरपालिकाको सभाहलमा एक कार्यक्रममा छाडाचौपायाको दिगो व्यवस्थापनको बारेमा तिन पालिकाहरुलाई सुझाव सल्लाह दिएको छ।

कुचोकुटोका संस्थापक खेम भण्डारीले छाडाचौपाया समस्यालाई व्यवस्थापन गर्ने बारे कार्यपत्र प्रस्तुत गरेका थिए।

उनले कार्यक्रमलाई सञ्चालन गर्दै “छाडाचौपाया सामाजमा गम्भिर समस्या भएकाले विगतका दिनहरूमा करोडौं रुपैयाँ खर्च गर्दा पनि यो समस्याको समाधान नभएको कारणले कञ्चनपुरका तीन वटा पलिकालाई कुचोकुटोको कार्यक्रमद्वारा छाडाचौपाया समस्या समाधान गर्न र दिगो विकासका लागि सुझाव सल्लाह व्यक्त गरेका छन् ।”

उनले भने,”छाडाचौपायालाई बोझका रुपमा नलिएर उत्पादनको रुपमा लिनुपर्छ र छाडाचौपायाको कारणले किसानलाई दुःख दिएको छ । छाडाचौपायाहरुले बाली खाइदिने भएकाले खेत बाँझो हुने क्रम पनि बढी रहेको कारणले किसानहरूले खेती गर्नै छोडेका छन्।” छाडाचौपायाको व्यवस्थापनमा सुधार गर्न पालिका र सामुदायिक वनको सहकार्यमा छाडाचौपायाको लागि गौशाला निर्माण गरी गाईहरुबाट दुध उत्पादन गर्ने,दूधालु गाईलाई किसानलाई बिक्रि गर्ने, मृत गैगोरूहरुबाट छाला र हाडको प्रशोधन गरी प्रयोगमा ल्याउने,औद्योगिक मोडालिटी बनाउनेलगायतका विषय उनले प्रस्तुत गरेका छन् ।

कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोकटी , उप प्रमुख निलम लेखक जोसी, बेदकोट नगरपालिकाका नगर प्रमुख भोजराज बोहोरा र दोधारा चाँदनीका नगर उप प्रमुख गंगा देवी जासी लगायत पत्रकार,सरोकारवालहरुको सहभागी रहेको थियो। तीन वटै पालिकाका जनप्रतिनिधिहरुले पनि कुचोकुटो पहलले दिएको सुझावलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्।

ताजा समाचार