बेलौरीमा मोटरसाईकल दुर्घटना हुदाँ १ जनाको मृत्यु, अर्को गम्भीर घाइते

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकामा मोटरसाइकिल दुर्घटना हुदाँ १ जनाको मृत्यु भएको छ।

शुक्रवार बेलौरी नगरपालिका वडा नं ५ को कार्यालय नजिक सु.प.प्र ०१ ०१० प ८२४७ नंबरको मोटरसाइकिल दुर्घटना हुँदा बे.न.पा वडा नं ६ बस्ने बर्ष २३ वर्षिय अमर चौधरी चालकको मृत्यु भएको प्रहरीले जानकारी दिएका छन् ।

मोटरसाइकलको पछाडि सवार सोही ठाउँका ३० वर्षीय करन चौधरी घाइते भएका छन्। उनलाई उपचारका लागि धनगढी पठाइएको छ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

ताजा समाचार