बेलडाँडी गाउँपालिका वडा नं.५ का जेष्ठ नागरिकलाई न्यानो कम्वल वितरण

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका वडा नं.५ ले आफ्ना वडाका जेष्ठ नागरिकलाई न्यानो कम्वल वितरण गरेको छ ।

७० बर्ष भन्दा माथीका ९८ जना जेष्ठ नागरिकलाई कम्बल वितरण गरिएको हो । वडाको चालु आवमा विनियोजित बजेटबाट जेष्ठ नागरिकलाई चिसोबाट जोगिन केहि राहत हुने भएकाले न्यानो कम्बल वितरण गरिएको वडा अध्यक्ष इन्द्र बहादुर खड्काले जानकारी दिएका छन् ।

कम्बल वितरण कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाले भने ‘यस्तो लक्षित कार्यक्रमले बुढापाखा आमाबुवालाई ठुलो राहत पुग्ने बताए ।’

र आगामी दिनमा पनि पालिकाले अझ यस्ता कार्यक्रमका लागि सहयोग गर्ने बताएका छन् ।न्यानो कम्बल पाएका जेष्ठ नागरिकहरु कम्बल पाएपछि खुसी भएका छन् ।

ताजा समाचार