दार्चुलाको महाकाली नदिमा बगेर एक जना बृद्धको मृत्यु

महेन्द्रनगर । दार्चुलाको महाकाली नदिमा बगेर एक जना बृद्धको मृत्यु भएको छ । दार्चुला खलंगा बजार नजिक महकाली नदिमा बगीरहेको अवस्थामा फेला परेका ७० बर्षिय बिर सिंह बडालको बुधबार उपचारको क्रममा मृत्यु भएको हो ।

दार्चुलाको महाकाली नगरपालिका २ घर भएका बडाललाई स्थानियले महाकाली नदिमा बुधबार करिब २ बजेको समयमा बगिरहेको अवस्थामा देखेपछि प्रहरीलाई खबर गराएका थिए ।

बडालको शव अहिले जिल्ला अस्पताल दार्चुलामा रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिए ।

हाम फालेको हो अथवा कसरि महाकालीमा बगे भन्नेबारेमा अनुसन्धान भईरहेको प्रहरीले बताए ।

ताजा समाचार