हुलाकी सडक कार्यमा लापरवाही गर्ने कम्पनीलाई कार्वाही गर्न बिष्टद्धारा ध्यानाकर्षण पत्र

महेन्द्रनगर । हुलाकी सडक कार्यमा लापरवाही गर्ने कम्पनीलाई कार्वाही गर्न प्रदेश सभा सदस्य दिवान सिंह बिष्टद्धारा हुलाकी राजमार्ग योजना कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।

डोकेबजार-दैजी बीचको हुलाकी सडक निर्माणको काम वर्षौ अघि सुरु भए पनि निर्माण सुस्त हुँदा उक्त सडक खण्डमा यात्रा गर्न सकस भएको कारण यस समस्यालाई मध्यनजर गर्दै संविधान सभा सदस्य तथा प्रदेश सभा सदस्य बिष्टले धनगढी हुलाकी राजमार्ग योजना कार्यालयमा ताकेता गरेका छन् ।

उनले आज (शुक्रवार ) हुलाकी सडक निर्माण गराउन पत्रमा यस्तो उल्लेख गरेका छन् । उपरोक्त सम्बन्धमा कंन्चनपुर जिल्ला क्षेत्र नं. १ अन्तर्गत पर्ने मोहना नदि– बेलौरी– बेलडाँडी हुदै दैजी जोडने हुलाकी सडकखण्ड २०७३ फाल्गुन १ गते शर्मा राजेन्द्र जे.भी. सँग र २०७३ फाल्गुन १२ गते बाबा हंन्स सिद्धि साई जे. भी संग भएको सम्झौता अनुसार २०७६।०५।१५ र २०७६।०५।२६ गते भित्र दुबै निर्माण कम्पनीले निर्माण कार्य सम्पन्न गरि सक्नु पर्ने भएतापनी पटक पटक गरि ५ पटक सम्म म्याद थप गर्दा समेत हाल सम्म निर्माण कार्यमा निकै लापरवाही भएको छ ।

केहि योजनाको निर्माण अवधी समेत समाप्त भै सक्दा पनी निर्माण कार्य अधुरो रहेको हुँदा लापरवाही गर्ने निर्माण कम्पनीहरुलाई यथासिघ कारवाहीको प्रक्रिया अगाडी बढाई निर्माण कार्य पुरा गर्न समयाअवधी रहेका सडक योजना तुरुन्त समय अवधी भित्र निर्माण सम्पन्न गर्न ताकेता गर्न हुन अनुरोध गर्दछु ।भन्दै डिई सविन जोशीको ध्यानाकर्षण गराएका छन् ।

ताजा समाचार