नेपालमा विद्यमान समस्याको मुल कारण संसदीय व्यवस्था हो: बहुमत संयोजक बास्तोला

महेन्द्रनगर ।नेकपा बहुमतका केन्द्रीय सयोजक धर्मेन्द्र बास्तोला(कञ्चन)ले नेपालमा विद्यमान समस्याको मुल कारण वर्तमान संसदीय व्यवस्था भएको बताएका छन् ।

शनिबार महेन्द्रनगरमा नेकपा बहुमत कञ्चनपुरद्वारा आयोजित पत्रकार सम्मेलनमा बास्तोलाले नेपालमा जतिपनि समस्या उत्पन्न भएका छन, तिनको मुल कारण संसदीय व्यवस्था भएको बताएका हुन ।बास्तोलाले भने, “संसदीय व्यवस्थामा जसरी पनि सत्तामा जाने कमाउने र लुटपाट गर्ने बाहेक केही नहुने उनको तर्क रहेको छ ।

‘मुलुकमा उत्पन्न सबै प्रकारको अस्थिरताको मुल कारण संसदीय व्यवस्था हो, ‘यो देश बनाउने भए दलाल संसदीय पुँजिवादी व्यवस्था अन्त्य गर्नुपर्छ ।’ देशको राजनीति, आर्थिक, समाजिक एव साँस्कृति अवस्थामा उत्पन्न समस्याको मुल जड संसदीय व्यवस्था भएकाले यसबाट मुक्त हुनका लागि वैज्ञानिक समाजवादको विकल्प नभएको बताए ।वैज्ञानिक समाजवादी व्यवस्थाको नेतृत्व नेकपाले लिईरहेकोले त्यसमा साथ दिन आब्हान गरेका छन ।

‘अहिलेको विद्यमान समस्या हटाउन वैज्ञानिक समाजवादले मात्रै सम्बृद्धिको लिकमा डो¥याउँछ, ‘उनले भने, ‘यो सत्ता सरकार विघटन गरेर वैज्ञानिक समाजवादको नीति अघि सानुपर्छ ।’ पुर्व संविधान सभा सदस्य समेत रहेका बस्तोलाले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री, न्यायाधिश र व्यवस्थापिका प्रमुख भएमात्रै सत्ता जनताप्रति उत्तरदायी हुने बताए । ‘प्रतिनिधी सभा सदस्यलाई मन्त्री बनाईनु हुँदैन, ‘उनले भने, ‘जनताबाट निर्वाचितलाई कसरी उत्कृष्ठ नीति, नियम बनाउन केन्द्रीत गराउनुपर्छ, ‘अरु नेतालाई मन्त्री बनाएर मुलुक सम्बृद्धितर्फ लैजानुपर्छ ।

’कम्युनिष्ट पाटी फुट भन्दा पनि जुटतर्फ जानुपर्ने उनको भनाई छ । पुँजिवादी व्यवस्थाले जनता बैंकको ऋण तिर्न नसक्दा आत्महत्या गर्न उद्यत हुँदा समेत सरकारले त्यसको रोकथामका लागि केही पहल नगरेको बताए ।

भारतीय पक्षले निरन्तर सीमा अतिक्रमण हस्तक्षेप जस्ता गतिबिधी बढाउँदा समेत सरकार चुपचाप लागेको बताए । पार्टी अहिले समग्र मुलुकको उन्मुक्ति कसरी हुन्छ भन्ने बारेमा सश्लेषण गर्दै अघि बढिरहेको समेत बास्तोलाले बताएकाछन् ।

ताजा समाचार