सरकारले भोलि जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने

महेन्द्रनगर । सरकारले भोलि सार्वजनिक बिदा दिने भएको छ ।

आज (आइतबार) बसेको मन्त्रिपरिषद् बैठकले फागुन १ गते ‘जनयुद्ध दिवस’का अवसरमा नेपाल रज्यभर सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

२०५२ फागुन १ गतेबाट सुरु सशस्त्र युद्ध सुरु भएको दिनको सम्झनामा माओवादीले फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउँदै आएको छ । यसैका अवसरमा यसपटक आफ्नै नेतृत्वमा सरकार रहेको हुँदा जनयुद्ध दिवसको सार्वजनिक बिदा घोषणा गरेको हो ।

२०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा भएपछि सशस्त्र युद्धमा होमिएको माओवादी राजनीतिक मूलधारमा आएको थियो ।

ताजा समाचार