१४ औं कञ्चनपुर पर्यटन महोत्सवको आज दोस्रो दिन

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले आयोजना गरेको १४ औं पर्यटन महोत्सव हिजो सोमबार देखि सुरु भएको छ ।

फागुन एक गते बाट सञ्चालन भएको कञ्चनपुर पर्यटन महोत्सव फागुन १० गते सम्म संचालन हुने छ ।

सुदुरपश्चिम प्रदेशको कृषि, पर्यटन, उद्योग, ब्यापार ब्यवसाय र कला सँस्कृतिको प्रबन्धन गर्ने उद्देश्यले संघले महोत्सब आयोजना गरेको हाे ।

महोत्सवमा दैनिक उपभोग्य सामाग्री, यस क्षेत्रका पर्यटकीय स्थलहरू, कला संस्कृतिको प्रदर्शनीका साथै रास्ट्रिय कलाकारहरू रचना रिमाल, झरना बोहरा, राम जि खाँण, उमाशंकर जोशी लगाएतका कलाकारहरुको उपस्थितमा आ-आफ्नो कला प्रस्तुत गरेका थिए ।

उक्त महोत्सवमा विद्युत् प्राधिकरणको उचित व्यवस्थापन नभएको कारणले गर्दा दर्शकहरू आक्रोशित भएर महोत्सव सञ्चालनमा ढिलासुस्ती भएको थिए ।

ताजा समाचार