कञ्चनपुरमा जबरजस्तीकरणी मुद्दाका फरार एक जना कसुरदार१७ बर्षपछि पक्राउ

महेन्द्रनगर ।जबरजस्तीकरणी मुद्दामा फरार एक जना कसुरदार पक्राउ परेका छन ।

करणी मुद्दामा दोषी ठहर भई फरार भएका अभिययुक्तलाई कञ्चनपुर प्रहरीले पक्राउ गरेको हो ।

करणी मुद्दाका फरार अभियुक्त बेलौरी नगरपालिका २का राजेन्द्र लुहारलाई ईलाका प्रहरी कार्यालय बेलौरीले पक्राउ गरेको छ ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार १७ बर्ष अघि करणी मुद्दामा कञ्चनपुर जिल्ला अदालतबाट कैद सजाय तोकेका लुहारलाई पक्राउ गरी अदालत पेश गरिएको छ ।

२०६२/२/४ गते कञ्चनपुर जिल्ला अदालतले लुहारलाई ७ बर्ष कैद भुक्तानका लागि फैसला गरेको थियो । लुहारले कैद भुक्तान नगरेर लुकिछिपी बस्दै आएका थिए ।

झण्डै डेढ दशकदेखि लुकिछिपी रहेका लुहारलाई प्रहरीले घरबाटै पक्राउ गरी अदालत पेश गर्दै जेल चलान गरिएको छ ।

ताजा समाचार