आपूर्तिमन्त्री भण्डारीद्वारा दैजी-छेला औद्योगिक क्षेत्र कार्यालयको उद्घाटन

महेन्द्रनगर । कन्चनपुर जिल्लाको बेदकोट दैजी- छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालयको उद्घाटन भएको छ ।

औधोगीक क्षेत्र व्यवस्थापन लिमिटेडको आयोजनामा बेदकोट नगरपालिकास्थित दैजी- छेला औद्योगिक क्षेत्र सम्पर्क कार्यालय आज (सोमबार) उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी द्वारा एक कार्यक्रम विच उद्घाटन भएको छ ।

दैजी–छेला औद्योगिक क्षेत्रको निरीक्षणका अवसरमा वेदकोट नगर उद्योग वाणिज्य संघले दुई साताअगाडि नै मन्त्री परिषदको बैठकबाट औद्योगिक क्षेत्रको नाममा जग्गा भोगाधिकारको निर्णय गराउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

०७७ फागुन १० गते पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको दैजी–छेला औद्योगिक क्षेत्रको २ वर्ष पछि आपूर्तिमन्त्री भण्डारीद्वारा उद्घाटन भएको छ ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख आपूर्तिमन्त्री भण्डारीले ” यो सुदुरपश्चिम क्षेत्रको विकासका लागि जनतको मागलाई प्राथमिकता राखेर सरकारलाई पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मन्त्री भण्डारीले सुख्का बन्दरगाह, महाकाली कोरिडोर निर्माण गर्दै त्रिदेशीय नाका विस्तार र दैजीछेला औद्योगिक क्षेत्र विस्तार गरेर जिल्लालाई औद्योगिक क्षेत्रकै रुपमा अघि बढाउने बताएका छन् । साथै उनले यो कार्यालय स्थापना गरेर एक महिना भित्रै जग्गाको भोगाधिकार प्राप्त गर्ने र यस लाई छिटो भन्दा छिटो सम्पन्न गर्ने बताएका छन् ।”

कार्यक्रममा प्रमुख आपूर्तिमन्त्री दामोदर भण्डारी विशिष्ट अथिती निवर्तमान मुख्यमन्त्री राजेन्द्र सिंह रावल विभिन्न संघ संस्था व्यापारी व्यवसायीहरु विभिन्न राजनीति दलका जनप्रतिनिधि लगायत स्थानियहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

ताजा समाचार