मनोसामाजिक समस्या न्यूनिकरणमा सबैले लाग्नुपर्छः नगर प्रमुख बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले समाजमा मनोसामाजिक समस्या ठुलो समस्याका रुपमा देखा पर्दै गरएको बताउदैँ त्यसको न्यूनिकरणका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नुपर्ने बताए । बुधवार टिपिओ नेपालद्धारा आयोजित स्थानिय तहमा मनोसामाजिक सहयोग कार्यक्रम समाहित गर्ने सम्बन्धि जनप्रतिनिधि तथा सरोकारवालाहरुसंगको कार्यशाला गोष्ठीमा उनले त्यसो भनेका हुन् । ‘पछिल्लो समय हाम्रो समाजमा मनोसामाजिकको समस्याले आत्महत्याका घटनापनि बढिरहेको अवस्था छ ।’ उनले भने ‘त्यसैले उत्त,समस्या समाधानका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्छ ।’ उनले अगाडी भने ‘भीमदत्त नगरपालिकाले मनोसामाजिक समस्या,लागुऔषध दुर्वसनी न्यूनिकरणका लागि विभिन्न कार्यक्रम गर्दै आएको र यी समस्या समाधानका लागि नगरपालिका सम्बन्धित संघसंस्थासंग समन्वय गर्न तयार छ ।’ कार्यक्रममा टिपिओ नेपालका निर्देशकले मनोसामाजिक समस्याको बर्तमान अवस्था,मनोरोगीका लक्षण,कारण,समाधान तथा कार्यक्रमका विषयमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा नगर उपप्रमुख नीलम लेखक जोशी,वडाध्यक्षहरु,विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एवम् प्रतिनिधि लगाएतको उपस्थिति रहेको थियो । मनोसामाजिक समस्या न्यूनिकरणका क्षेत्रमा झण्डै २७ जिल्लामा काम गर्दै आएको टिपिओ नेपालले कञ्चनपुरमा समेत काम गरिरहेको टिपिओ नेपालका कञ्चनपुर फोकल पर्सन पूर्ण सिंहले बताए ।

ताजा समाचार