श्री लक्ष्मी माध्यमीक विद्यालयको ४० औं वार्षिकोत्सव सम्पन्न

महेन्द्रनगर । कन्चनपुर जिल्लाको भीमदत्त नगरपालिका वडा नं १९ मा रहेको लक्ष्मी माध्यमीक विद्यालयको वार्षिकोत्सव सम्पन्न भएको छ ।

सोमबार एक कार्यक्रमका बिच विद्यालयले आफ्नो ४० औँ वार्षिक उत्सव तथा अभिभावक मिलन समारोह मनाएको हो । कार्यक्रममा विद्यालयको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक परमानन्द नाथले विद्यालयमा शैक्षिक गुणस्तर बृद्धि हुँदै गएको र नयाँ शैक्षिकसत्रमा कार्य योजना सहित अघि बढ्ने उल्लेख गरिएको छ ।

प्रअ नाथले आगामी शैक्षिकसत्रमा नर्सरीदेखि नै कक्षा १०सम्म अग्रेजी माध्यमकबाट पठन पाठन गराईने, आईसिटी जडान चिल्डेन पार्क, खानेपानी, सफ्टबेयर सुचना प्रणाली, खेल मैदान, डिजिटल कक्षा, अतिरिक्त कक्षा संचालन गर्ने योजना रहेको बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दशरथ भण्डारी सभापतित्वमा सञ्चालितका कार्यक्रमका प्रमुख अथिति सुदूरपश्चिम प्रदेशका निर्वतमान आर्थिक मामिलामन्त्री प्रकाश रावल विशिष्ट अथिति भीमदत्त नगरपालिकाका उप मेयर निलम लेखक, सुदूरपश्चिम प्रदेश सभा सदस्य मधु भारती लगाएत विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, राजनीतिक दल, जनप्रतिनिधी,प्रहरी, पत्रकार, अभिभावक तथा विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका सुदूरपश्चिम प्रदेशका निर्वतमान आर्थिक मामिलामन्त्री प्रकास रावलले विगतमा पनि आफुले सहयोग गरेको र अहिले पनि गर्ने प्रतिबद्धता जोहर गर्नुभयो । कार्यक्रममा विद्यार्थीले विभिन्न कला एव नृत्य प्रस्तुत गरेका थिए ।

ताजा समाचार