बेलडाँडी गाउँपालिकाका अध्यक्ष रानाको प्रयास पश्च्यात भोली शुक्लाफाँटा प्रवेश रुट पयर्टन ढोका मुख्यमन्त्रीद्धारा उदघाटन हुने

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाको अथक प्रयास पश्चात भोली औपचारिकरुपमा बेलडाँडी क्षेत्रदेखि शुक्लाफाँटा निकुञ्ज प्रवेश रुट मुख्यमन्त्री शाहद्धारा उदघाटन हुने भएको छ ।

पालिका अध्यक्ष रानाले बेलडाँडी क्षेत्रलाई पयर्टन पर्वद्धन क्षेत्रका रुपमा विकास होस भन्ने उदेश्यका साथ बेलडाँडी क्षेत्रबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश रुट भोली बुधवार संचालनमा ल्याउने बताएका छन् । सुदूरपश्चि सरकारका मुख्यमन्त्री कमल शाहबाट भोली बुधबार विहान १० बजे औपचारिक रुपमा रुट संचालनमा ल्याइने अध्यक्ष रानाले बताउनु भयो ।

उहाँका अनुसार बेलडाँडी क्षेत्रबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेश रुट संचालनमा ल्याउन धेरै चुनौती रहेको बताउदै सबै पक्षबाट मिलेको हौसला र सहयोगले यहाँ सम्म पुगेको बताए । चौधर नदीमा पुक्की पुलको समेत ठेक्का सम्झौता भइसकेकाले पुल बनुन्जेल सम्म अस्थायीरुपमा काठको पुल निर्माण गरेर निुकञ्ज प्रवेसका लागि रुट संचालनमा ल्याउन थालेको बताए ।

पुल निर्माण र रुट संञ्चालनमा ल्याउन बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका, लालझाडी गाउँपालिका लगायत विभिन्न संघसंस्थाको सहयोग समेत रहेको अध्यक्ष रानाले बताए ।

निकुञ्ज अवलोकनका लागि हाल भीमदत्त नगरपालिका १६ मझगाँउ बाट मात्रै रुट रहेको र अहिले बेलडाँडीदेखि समेत रुट बनिसकेको छ । यस अघि ०७५साल माघ पहिलो साता वन तथा वातावरणमन्त्री शक्ति बहादुर बस्नेत र पुर्व खानेपानीमन्त्री एव तत्तकालिन क्षेत्र १की संसद बिना मगरले बेलडाँडी देखि निकुञ्ज प्रवेसका लागिद्वारा शिलान्यास गरेका थिए । स्थानीयको माग अनुरुप निकुञ्ज विभागले बेलडाँडी भएर रुट संचालनका लागि अनुमती दिएको थियो ।

बेलडाँडीदेखि रुट निर्माण भएर प्रशासनिक रुपमा निकुञ्ज प्रवेसका लागि कामकाज अघि बढेसंगै दक्षिणी क्षेत्र मात्र नभई भारतीयदेखि अन्य क्षेत्रका पर्यटकलाई थप सहज हुने बेलडाँडिका स्थानिय महाबिर चाैधरि बताउछन । धनगढी विमानस्थलबाट दक्षिणी हुलाकी राजमार्ग भएर झण्डै ६५किलोमिटर दुरीमा रहेको बेलडाँडीदेखि निकुञ्ज छोटो दुरीमा रहेको हुँदा दक्षिणी प्रवेसद्वारबाट समेत पर्यटकको आवतजावत हुने बिश्वास स्थानियकाे छ ।

थोरै क्षेत्रफलमा धेरै पाटेबाघ, विश्वमै दुर्लभ बाह्रसिङ्गाको विशाल झुण्ड, दुर्लभ एकसिङ्गे गैँडा, हात्तीको लस्करका साथै ३०० भन्दा बढी प्रजातिका चराचुरुङ्गीको वासस्थान रहेको शुक्लाफाँटा बेलडाँडी संगै जोडिएको छ । बेलडाँडीदेखि निकुञ्ज प्रवेसका लागि रुट संचालनमा आएसंगै यस क्षेत्रको पर्या पर्यटन ब्यावसायमा समेत प्रर्बद्धन हुने देखिन्छ ।

ताजा समाचार