मुख्यमन्त्री शाहद्वारा बेलडाँडी गाउँपालिका हुँदै शुक्लाफाटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारको उद्घाटन

महेन्द्रनगर । बेलडाँडी गाउँपालिका हुँदै शुक्लाफाटा राष्ट्रिय निकुञ्ज को प्रवेशद्वार उद्दघाटन भएको छ ।
संघीय सरकारको निर्णय अनुरुप बेलडाँडी गाँउपालिकाले निकुञ्ज प्रवेसका लागि रुट निर्माण गरेको हो ।
बुधबार एक कार्यक्रमका विच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल शाहले एक कार्यक्रमका विच सो पर्यटक प्रवेशद्वारको उद्घाटन गरेका छन ।

प्रवेशद्वारकाे उद्घाटन गर्दै मुख्यमन्त्री शाहले दक्षिणी भएर निकुञ्ज प्रवेसका लागि सहज का साथै यस निकुञ्जमा विभिन्न किसिमका जीव जनावरहरू रहेको हुँदा नेशनल पार्क भन्दा फरक किसिमको गनेको उनको भनाइ रहेको छ । विकास र सम्बृद्धिको आधार पर्यटन मानेको बताएका छन् । शाहले निजी क्षेत्र सरकारसंगसंगै अघि बढ्नुपर्नेमा दिए र सुदूपश्चिम प्रदेशका पर्यटन प्रर्बद्धनका लागि प्रदेश सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जाहेरगरेका छन ।

बेलडाँडी गाँउपालिका प्रमुख हरिशचन्द्र रानाले निकुञ्ज प्रवेसका लागि ट्याक खोल्नेदेखि लिएर उक्त पालिका ५ ईमलियामा चौधर नदीमा काठको पुल निर्माण गरिएको र हालसम्म झण्डै डेढ किलोमिटर ट्याक खोलिएको बताए ।

निकुञ्ज अवलोकनका लागि हाल भीमदत्त नगरपालिका १६ मझगाँउ बाट मात्रै रुट रहेको र अहिले बेलडाँडीदेखि समेत रुट खुलिसकेको छ ।

ताजा समाचार