(निड्स) नेपालले २४औं स्थापना दिवसको अवसरमा अपांगता भएका बालबालिकाहरु लाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग


महेन्द्रनगर । राष्ट्रिय वातावरण तथा सम विकास समाज (निड्स) नेपालले २४औं स्थापना दिवसको अवसरमा संस्थाले खाद्यान्न तथा शैक्षिक समाग्री सहयोग गरेको छ ।


‘मानव अधिकार, सुशासन र सामाजिक न्यायमा पहरेदारी, दिगो विकास र समृद्धिका लागी पारस्परिक साझेदारी’ भन्ने मुल नाराका साथ स्थापित निड्स नेपालले कैलालीको गोदावरी नगरपालिका वडा नं. २ मा रहेको सुप समावेशी आधारभुत विद्यालयलाई खाद्यान्न तथा शैक्षिक सामग्री सहयोग गरिएको हो ।

शनिबार एक कार्यक्रमका बिच निड्स नेपालकी अध्यक्ष दुर्गा खरेलले विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदलाई सहयोग सामग्री हस्तान्तरण गरिन ।

सामग्री हस्तान्तरण पश्चात बोल्दै खरेलले अपांगता भएका बालबालिकाहरुलाई सहयोग गर्न पाउँदा खुसी लागेको बताईन । २४औ स्थापना दिवसका अवसरमा सही ठाउँमा आएर सहयोग गर्न पाएको बताउदै उनले उक्त स्थापना दिवस सदैव याद रहिरहने बताईन ।

अपांगता भएका विद्यार्थीहरुलाई हात समातेर, डो-याएर अनुशासित र ईमान्दार बनाएको देखेर अचम्मीत भएको उनले बताईन । अपांगता भएका बालबालिकाहरुलाई आवाशिय सेवा सहितको शिक्षा दिईरहेको यस्तो विद्यालयलाई सरकारले पनि प्राथमिकतामा राख्न जरुरी रहेको उनले बताईन ।

कार्यक्रममा विद्यालयका संस्थापक अध्यक्ष मान बहादुर साउँदले विद्यालयको स्थापनाकाल देखी हालसम्मको अवस्थाको बारेमा जानकारी दिएका थिए ।

विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुका लागी ३० हजार ४ सय ३५ रुपैया बराबरका सामग्रीहरु सहयोग गरेको थियो । जसमा ४ कट्टा चामल, २२५ थान कपी, ५०० थान पेन, १५० थान पेन्सिल, २५ दर्जन कलर, १० किलो मिक्स दाल, ५ पाकेट खानेतेल, ५ पाकेट नुन, ५ किलो चिनि, ४ पाकेट मसला तथा फलफुलहरु रहेका थिए ।

कार्यक्रममा निड्स नेपालका उपाध्यक्ष धन बहादुर चौधरी, कार्यकारी सह निर्देशक प्रकाश मडै लगायतको सहभागीता रहेको थियो । कार्यक्रमको सञ्चालन निड्स नेपालका कार्यक्रम संयोजक विनोद कडाराले गरेका थिए ।

ताजा समाचार